ऐतिहासिक प्रदेश सभाको २०७४ मंसिर २१ गते सम्पन्न भएको निर्वाचन पश्चात २०७४ साल माघ २८ गते प्रदेश स्तरीय पूर्वाधार सम्बन्धि नीति निर्माण, योजना तर्जुमा, भौतिक पूर्वाधारको विकास निर्माण र अनुगमन गर्ने उद्देश्यका साथ भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो।गण्डकी प्रदेश, कार्यविभाजन नियमावली २०७४ को अनुसूचिमा मिति २०७८।०२।०५ को मन्त्रिपरिषद्को निर्णय बमोजिम कार्य विभाजनमा हेरफेर भई भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय र उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय कायम भएको।नेपालको संविधानले व्यवस्था गरे अनुसार प्रदेश लोकमार्ग तथा यातायात, प्रदेश स्तरका कार्यालयहरुको भौतिक व्यवस्था र निर्माण, संचालन, मर्मत संभार लगायतका विषयहरुको लागी आवश्यक नीति, कानुन, गुरुयोजना, योजना, मापदण्ड तयारी गर्ने कार्य यस मन्त्रालयबाट सम्पादित हुनेछ।
मन्त्रालयसँग सम्बन्धित कार्य जिम्मेवारीहरु
© All Rights Reserved to Ministry of Physical Infrastructure Development
Powered By: ProActive Developers