Government of Nepal Logo
Government of Nepal Logo
Government of Gandaki Province

Ministry of Physical Infrastructure Development and Transport Management

पोखरा,नेपाल
Government of Nepal Flag
Low Bandwidth Invert Color A- A A+

Vacancy 2077-06-22

भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका निकायहरुमा रहेको रिक्त दरवन्दीका प्राविधिक पदमा पदपूर्ति नभएसम्मका लागि "सेवा करारमा प्राविधिक जनशक्ति छनौट सम्बन्धि कार्यविधि २०७७" बमोजिम तपशिल बमोजिमका सेवा समूहका पदमा खुला प्रतिस्पर्धा विधि (शैक्षिक योग्यता, अनुभव र अन्तर्वार्ता) बाट सेवा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्ह्वानका लागि सूचना प्रकाशित गरिएको छ।

तपशिल

१. मेकानिकल इन्जिनयर (अधिकृतस्तर सातौं) - ३ जना          

२. हाइड्रो जियोलोजिस्ट (अधिकृतस्तर सातौं) - १ जना            

३.  सिभिल इन्जिनियर (अधिकृतस्तर सातौं) - ५ जना             

४. सिभिल सव-इन्जिनियर (सहायस्तर पाँचौं) - २४ जना          

५. मेकानिकल सूपरभाइजर (सहायस्तर पाँचौं)  - ७ जना        

६. ल्याव टेक्निसियन ( सहायस्तर पाँचौं) - ३ जना                  

७. ल्याव असिष्टेन्ट (सहायस्तर चौंथो) - ९ जना                      

नोटः आवेदकले अनलाईन आवेदन दिनको लागि आफ्नो Gmail ID प्रयोग गरि Login गर्नुपर्ने हुन्छ। 

दरखास्त फारामसँग संलग्न गर्नु पर्ने कागजातहरु:

  1. राजश्व तिरेको बैंक भौचर, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो सहितको बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपिहरु र सम्बन्धित क्षेत्रमा काम गरेको कार्य अनुभवको प्रमाण पत्र।

  2. दरखास्त साथ पेश गरेको प्रमाणपत्रको प्रतिलिपिको किनारमा आफै प्रमाणित गरि पेश गर्नु पर्नेछ।

  3. दरखास्त दिने अन्तिम दिनभित्र निर्धारित शैक्षिक योग्यताको प्रमाणपत्र हाँसिल गरिसकेको हुनुपर्ने छ।

  4. समकक्षता खुलाउनु पर्ने आवश्यक भएमा सो खुल्ने कागजपत्र समेत पेश गर्नुपर्नेछ।

  5. रित नपुगेको र शर्त सहितको आवेदन दर्ता गरिने छैन।


Last Updated : 2081-01-15 02:01:13

© All Rights Reserved to Ministry of Physical Infrastructure Development and Transport Management

Powered By: ProActive Developers